जनकपुरधाम । धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले उनलाई आज बिहान ४० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।
कमला–ढल्केवर–बाग्मती सडक खण्डमा माटो र ग्राभेल ओसार्ने सवारी साधनलाई अनावश्यक अवरोध गरी घुस मागेको उजुरीका आधारमा उनीमाथि निगरानी बढाइएको थियो। पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार