सुर्खेत २६ असोज
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही आफु अल्पमतमा परिसकेपछि रिसको ठ्याङ्ग्रोको प्रमुख सचेतक गुलावजंग शाहको टाउकोमा फुटाएका छन। उनले दलको नेताको हैसियतले शाहलाई हटाई हिजोको मितिमा सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका छन।
मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको धारा ७ अनुसार प्रमुख सचेतक शाहलाई नियुक्त गरिएको र उनको काम कार्वाही सन्तोषजनक नभएकोले हटाईएको उल्लेख गरिएको छ।
तर, प्रमुख सचेतक शाहले वहुमत सदस्यले हिजै मुख्यमन्त्री र प्रदेश सभा सदस्य यमलाल कडेलको उपस्थितिमा आफुलाई अविश्वासको प्रस्ताव वुझाएको र सोही समयदेखि मुख्यमन्त्रीको दलको नेताको पदवी नेकपाको विधान अनुसार निलम्बनमा रहेको वताए। निलम्बनमा परेको व्यक्तिले आफुलाई गरेको पदमुक्तको कुनै अर्थ नहुने उनले वताए ।
नेकपाको प्रदेश सभाको विधान अनुसार वैठक राख्ने र यसलाई टुंगोमा पुर्याउने जिम्मेवारी आफुमा आएको वताउदै व्याकडेटमा टाईप गरिएको पत्र हतास मानसिकतावाट आएको प्रतिकृया दिए। शाहले भोली नै दलको वैठक वसि निर्णयमा पुगिने वताए । ‘वैठक रोकिदैन, मेरै अध्यक्षतामा वस्ने वैठकले सवै निर्णय गर्छ,’ शाहले भने।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका ३३ मध्ये वहुमत १८ सांसदहरुले यमलाल कडेलको अगुवाइमा संसदीय दलको नेता परिवर्तन गर्न अविश्वासको पत्र वुझाएका थिए। उक्त अवसरमा प्रमुख सचेतक शाहको समेत उपस्थिति रहेको थियो।
