२०८३ वैशाख ३ , बिहीबार

भोलीको वैठकवाट मुख्यमन्त्री शाहीलाई हटाईन्छ : सांसद विष्ट



सुर्खेत २६ असोज

कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्टले मुख्यमन्त्री शाही विरुद्ध संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव भोली वस्ने नेकपा कर्णाली प्रदेश संसदीय दलको वैठकले पारित गर्ने वताएका छन।
केन्द्रीय नेतृत्वले प्रस्ताव फिर्ता लिन दवाव दिईरहेको समाचार आईरहेको वेला सांसद विष्टले कहिकतैवाट दवाव नआएको भन्दै वजार हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका छन । केन्द्र त्यति अविवेकी नभएको भन्दै दवाव आईहाले पनि दवाव झेल्न सक्ने आँट र सामर्थ्य आफुहरुमा रहेको उनले वताए । ‘हस्ताक्षरकर्ता सवैको आ–आफ्नो राजनीतिक ईतिहास र पार्टीमा ठूलो लगानी छ। विना सोचिसम्झी यो निर्णय गरिएको छैन,’ नेता विष्टले भने, ‘जनताको मतवाट विजयी वनेर आएका सांसद कुनै उपभोक्ता समितिमा रहेका जस्तो कमजोर पनि छैनन् ।’
मंगलबार वस्ने नेकपा कर्णाली प्रदेशको वैठकले मुख्यमन्त्री शाहीलाई हटाई छाड्ने उनले उद्घोष गरे । प्रस्तावको पक्षमा रहेका १८ जना कहिकतै तलमाथि नभएका भन्दै अरु सदस्यहरुपनि आफुहरुको सम्पर्कमा रहेको उनले वताए । ‘प्रस्तावको पक्षमा ठूलो संख्या छ, भोलीको वैठकमा त्यो देखिनेछ,’ सांसद विष्टले दावी गरे।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमबार