सुर्खेत २७ असोज
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध नेकपा संसदीय दलको नेता माथि विश्वास छैन भन्ने प्रस्ताव उपर आज छलफल हुने भएको छ। मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध आएको प्रस्तावमा कर्णाली प्रदेशका सत्तापक्षीय वहुमत १८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री महेन्द्रवहादुर शाही समर्थक सांसदहरु भने आज वोलाईएको वैठकमा उपस्थिति नहुने संभावना वढेर गएको छ। सचेतकवाट प्रमुख सचेतक वनाईएकी सीता नेपालीले केन्द्रसंग छलफल चलिरहेकोले संसदीय दलको वैठक आज नवस्ने वताईन।
तर सत्तापक्षका प्रमुख सचेतक गुलावजंग शाहले आजै वैठक वसेर दलको नेता परिवर्तन गरिने दावी गरे। ‘वैठक रोकिदैन, ढुक्क हुनुहोस्’ उनले भने।
पार्टी भित्रको माधव नेपाल खेमा भने अहिले राजनीतिक जोड घटाउमा व्यस्त भएको छ। नेपाल निकट एक प्रदेश सभा सांसदले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हाम्रो उद्देश्य कर्णालीमा सरकार परिवर्तनको नजिर वसालेर वाग्मती प्रदेश र १ नंवर प्रदेशका सरकार परिवर्तन गराउने हो।’ आफुहरु आफ्नो टिमको कार्यदिशामा प्रष्ट भएको उनले उल्लेख गरे।
‘बाहिर मिडियामा जेजस्तो कुरा आएपनि प्रदेश सरकारहरु परिवर्तन हाम्रो प्रमुख एजेन्डा हो । कर्णालीमा प्रस्ताव व्याक भए कुन मुख लिएर अन्य प्रदेश फेर्ने अभियान चाल्नु,’ उनले प्रश्न गरे।
कर्णाली प्रदेशका नेता यमलाल कडेलसंग आफ्नो टिमको त्यति ठूलो अन्तर्विरोध नभएको भन्दै मुख्य लडाइँ केपी र प्रचण्डसंग भएको उनले वताए । ‘कडेलको रिसले हामीले उठाउदै आएका सवै एजेन्डाहरु बन्द गर्न त सक्दैनौ नि,’ उनले भने। माधवकुमार नेपाल समेत सरकार परिवर्तनको खेलमा भएको उनले दावी गरे। ‘बाहिर भन्न मिल्दैन र हो, नत्र यस्तो अवसर कसरी गुमाउन सकिन्छ,’ उनले थपे।
