सुर्खेत ३, कार्तिक
कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती (बिष्ट) ले दशै खर्च (भत्ता) बापत पाएको ५० हजार रुपैया मानव सेवामा लगाएकी छन्
उपसभामुख पदमै रहेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध चर्चामा आएकी विष्ट माओवादी युद्धकालीन समयमा विभिन्न स्थानमा भएमा युद्धमा नेतृत्व गरेकी थिईन।
जनप्रतिनिधिहरुले दशै भत्ता लिएकोमा आलोचना भैरहेको वेला उपसभामुख विष्टले आफुले पाएको रु ५० हजार मध्ये १५ हजार रुपैयाँ मानब सेवा आश्रम सुर्खेत, १५ हजार नै प्रशान्ति बृद्धाश्रम सुर्खेत , १० हजार कालिकोटका पुर्ब जनमुक्ति सेना र हाल दुवै मृगौला फेल भई काठमाडौंमा उपचाररत अभियानलाई प्रदान गरेकी छिन् । साथै जाजरकोट दुर्घटनामा घाइते भएका पत्रकार महासंघका पुर्ब सचिब प्रभात चलाउनेलाई रु १० हजार हस्तान्तरण गरेकी छिन ।
प्रकाशित मिति : २०७७ कात्तिक ३ गते सोमबार
