२०८३ वैशाख २ , बुधबार

सभामुखले दिए मन्त्री पद थमौती गरिदिने आश्वासन

ओली टिमका कर्णाली प्रदेशका नेता भन्छन् : सभामुखलाई टिमवाट हटाईसकिएको छ ।


सुर्खेत १६ कार्तिक

राष्ट्रिय राजनीति जोडतोडले चलिरहेको वेला केपी ओली पक्षवाट कर्णाली प्रदेशका सभामुख वनेका राजवहादुर शाहीले जातीय राजनीतिको पक्षपोषण गर्दै हिडेको आरोप लागेको छ । कर्णाली प्रदेशमा केपी ओलीको वास्तविक उत्तराधिकारी आफु नै हु भन्दै ६ जना केपी ओली टिमका सांसदहरू आफु निकट भएको उनले दावी गर्दै हिडेको नेकपा कर्णाली प्रदेशका एक प्रभावशाली नेताले आरोप लगाएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीसंग आफ्नो निकटको सम्बन्ध भएको भन्दै एक सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लगाउन कोशिस गरेको देखिएको छ , उहाँ हेर्दा केपी खेमाको देखिनु हुन्छ तर साँठगाँठ मुख्यमन्त्री तिरै छ,’ उनले भने, ‘तर केन्द्रमा आउँदा केपी ओली टिमको भन्ने भ्रम छर्न भ्याउनु भएको थियो।’ अब सवैले उनको वास्तविकता वुझिसकेकोले उनलाई टिमवाट हटाईएको उनले वताए ।
उनले भने, ‘६ होईन आफु वाहेक १ जना सांसद पनि आफ्नो पक्षमा भए देखाउन चुनौती दिन्छु। सभामुख शाहीले मन्त्री दल रावल र नन्दसिं वुढालाई सम्पर्क गरेर यमलाल कडेल र गुलावजंगको साथ छोडे मन्त्री टिकाइदिने वताउदै हिड्ने गरेको जानकारी आफुलाई समेत आएको भन्दै उनलाई फोनवाट यस्ता गतिविधि बन्द गर्न चेतावनी समेत दिईसकेको उनले खवरदृष्टिलाई जानकारी दिए।
सभामुख शाहीले यसअघि समेत यस्तै हर्कद गरेको उनले वताए । पोहोर साल १४ जना प्रत्यक्ष सांसदहरूले वजेट विरुद्धमा गरेको हस्ताक्षर आफुले गर्न लगाएको र सो हस्ताक्षर आफुलाई मुख्यमन्त्री वनाउन कर्णालीका सांसदहरूले गरेको प्रयास भन्दै सितल निवासमा रिपोर्टिङ गरेको उनले आफुले पछि थाहा पाएको वताए । राष्ट्रपति समेत सभामुखले गरेकै हो कि भन्ने लाईनमा एक समय कन्भिन्स भएको तर पछि आफुले राष्ट्रपतिलाई यसको वास्तविकता वताएपछि उनको सितल निवास आउजाउ बन्द भएको उनले जानकारी दिए।
यसवारेमा प्रतिकृया लिदा सभामुख शाहीले सरकार वनाउने र फाल्ने आफ्नो रुचि र विषय नभएको हुँदा थप प्रतिकृया दिन चाहेनन् ।
सभामुख शाही २०५२ सालमा नेपाल मजदुर किसान पार्टीवाट नेकपा एमाले प्रवेश गरेका थिए। त्यसपछि नेकपा एमालेको दैलेख जिल्ला कमिटी सदस्य हुँदै एमालेको भेरी अंचल कमिटी सदस्य समेत वनेका थिए। हाल उनी कर्णाली प्रदेशको सभामुख रहेका छन् ।

प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार