२०८३ वैशाख २ , बुधबार

ओली खेमा अनुपस्थित भएसंगै प्रचण्ड गुटको सचिवालय वैठक सुरु



सुर्खेत २१ कार्तिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्ति संघर्ष चरमोत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी ओली तत्काल वैठक राख्न तैयार नभएपछि प्रचण्डले आफु निकटका ५ सचिवालय सदस्य राखेर वैठक सुरु गरेका छन् ।
सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको हो ।

बैठकमा सचिवालयका पाँच नेता सहभागी भएका छन् भने चार नेता अनुपस्थित छन् । अध्यक्ष दाहालसँगै पार्टी उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामवहादुर थापा वैठकमा उपस्थित छैनन् ।

प्रकाशित मिति : २०७७ कात्तिक २१ गते शुक्रबार