२०८३ वैशाख २ , बुधबार
पद र कुर्सी, आफ्नो नाता गोता, छोरी बुहारी हावी भए : रोकाय

फुटको वाटो नरोज्न नेतृत्वलाई आग्रह



मंसिर ६, सुर्खेत

कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकायाले पार्टीमा देखा परेको समस्या र नेताहरु वीच एक अर्कालाई खुईल्याउने गरि भैरहेका क्रियाकलाप प्रति दुख व्यक्त गरेका छन् ।
सामाजिक संजाल मार्फत रोकायाले अहिले नेकपामा देखिएको द्वन्दले कांग्रेस रमाईरहेको धारणा व्यक्त गरेका छन् । तर दुई तिहाइ मतका साथ सरकार चलाईरहेको वेला नेकपाका कार्यकर्ता रमाउनु पर्नेमा उल्टै दुखी वन्नु परेको यथार्थ उनले पोखेका छन् ।
उनले हाल विश्व महामारीका रुपमा देखा परेको कोभिड–१९ जस्तै महामारी आफ्नो पार्टी नेकपामा पनि देखा परेको उल्लेख गर्दै गुटले गर्दा नेकपाका नेता तथा कार्यकर्ताहरुलाई चिन्तित र दुखी बनाएको वताए ।
सांसद रोकायाले नेताहरूलाई प्रश्न गर्दै भने,’हामीले हरेक पल्ट देश परिवर्तनका निम्ति आन्दोलन गरेउ, जनुद्ध गरेउ, केका लागि गरेउ ? देश र जनताका लागि ? सर्वहारा , श्रमजीवी गरिब मजदुर जनताका लागि ?’
देशको शासन व्यवस्था परिवर्तनको नेतृत्व नेकपाले गरेको वताउदै उनले नेपाली जनताले नेकपालाई बिश्वास गरेर दुई तिहाईको मतको साथ प्रदेश सरकार र संघीय सरकारमा पुराएको वताए । उनले सरकारमा गएपछि जनजीविकाको पक्षमा कति काम गरियो भनी प्रश्न समेत गरेका छन् ।
आन्दोलनमा, जनयुद्धमा सहिद भएकाहरुको सपना साकार नभएको संकेत गर्दै ती टुहुरा बालबालिका सिन्दुर पुछिएका एकल महिलाहरु असहाय भएर घरमा बसेको वताए । ’उनीहरुका दुखमा, पीडामा साथ दियौ कि दिएनौ,’ उनले भनेका छन् ।
सांसद रोकायाले आफ्नो पार्टीले केही जनपक्षीय कामहरु भने गरेको उल्लेख गरेका छन् । नौ महिने एमालेको सरकारको पालामा केही राम्रा कामहरु भएको भन्दै अहिलेको नेकपाको सरकारको पालामा बाँकी कामहरु गर्नु पर्ने वताए ।
यो दुईतिहाइको सरकारले राम्रा कामहरु गर्नुपर्छ र गर्छ भनेर नेपाली जनताले आसा र भरोसा मानेका भन्दै अहिले पार्टीमा देखा परेको महामारी भुकम्प जस्तै भएको उनले वताए । यो विवादले कतातिर मोड लिने हो भन्नेमा आफुहरु चिन्तित भएको उनले उल्लेख गरे ।
अहिलेको अवस्थामा कुनै हालतमा पार्टी नफुटाउन अनुरोध गर्दै वरु जुटाउन तर्फ लाग्न उनले नेताहरूलाई आग्रह गरे। पार्टी फुट्यो भने सबै भन्दा घाटा नेतालाई हुने भन्दै फुटको सवै दोष नेताहरुकै हुने ठोकुवा गरे ।
सानो पार्टीको अध्यक्ष हुनु भन्दा दुइतिहाइ ठूलो पार्टीको अध्यक्ष हुन उनले अनुरोध गरे । पार्टी फुटको घाटा पहिला नेताहरुलाई नै हुने स्मरण गराउदै प्रधानमन्त्री बने पनि २०७४ साल अगाडि चलेको जस्तो आठरनौ महिनामा सरकार फेरिने हुने तर्फ सजग गराए ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको दस्तावेजले काङ्ग्रेसका नेताहरु रमाई रहेको भन्दै उनले दुखेसो पोखे। उनले कांग्रेसी नेताहरूले सरकार ढाल्न हामी साथ दिन्छु भनेर सामाजिक सन्जालहरुमा भनिरहेको उल्लेख गरे । कांग्रेस रमाएको र आफ्नो पार्टीका लाखौ–लाख कार्यकर्ताहरु चित्त दुखाई रहेको उनको धारणा छ ।
कार्यकर्ताहरुको भावनाको कदर गर्ने नेताहरुले नै हो भन्दै नेकपा पार्टीको नीति सिद्दान्त मार्क्सवाद, लेनिनवाद माओत्सेतुङ बिचार र जनताको बहुदलिय जनवादको बारेमा आफुहरुलाई सिकाएको के भयो भनी प्रश्न गरे ।
उनले नेकपाको सिद्धान्त यहि हो भन्दै विचार, पद र कुर्सीको लडाइँ छोडि नेकपाको सिद्धान्त बिचार सिक्न नेताहरुले गाँउमा जानु पर्ने चुनौती दिए । गाउँका जनता त काङ्ग्रेस र कम्युनिष्ट भनेर वाडिएको दृष्टान्त दिदै उनीहरू पार्टीको शिर उचो राख्न आफ्नो दाजु भाई संग समेत लडेर वसिरहेको वताए । उनले भने,’ उनीहरु कुरा गर्दैनन, लडाई झगडा गर्छन, लेनदेन भाडो पडिमो समेत गर्दैनन् पार्टी र विचार सिद्दान्तको लागि ।’
उनले नेताहरु भने पद र कुर्सी, आफ्नो नाता गोता, छोरी बुहारी, इस्ट मित्र आफ्नो गुट र आफू पछाडि लाग्ने जुनियर भए पनि जस्तो सुकैलाई पद र सुविधा दिने गरेको उल्लेख गरे। नेताकै नजिकका मानिसहरुले मात्र उनीहरूलाई त्यहासम्म नपुर्याएको उल्लेख गर्दै फरक गुटको सिनियर नेता र कार्यकर्ताहरुको मुल्याङ्कन नगरेर पेलेको पेल्यै गर्ने , पछाडि पार्ने नेताहरुको चरित्र देखिएकोमा दुखेसो पोखे ।
पार्टी विधि पद्धतीमा चल्नु पर्ने भन्दै पार्टीमा फुट र गुट हुनु नहुने उनले वताए । पार्टीमा देखा परेको समस्या मसिनो ढंगले नौनी जस्तो कमलो भएर फराकिलो छात्तीले र ठूलो मनले हल गर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति : २०७७ मंसिर ६ गते शनिबार