२०८३ वैशाख २ , बुधबार
कांग्रेसको १४ औं महाधिबेशन

कांग्रेसका ईमानदार, नैतिकवान, लगनशील, क्षमतावान र धैर्यशील कार्यकर्ताहरुको लामो लाईन छ : रेग्मी

मेयर देवकुमार सुवेदीले गरे थानी टिमलाई ‘वाईवाई’


सुर्खेत १० मंसिर

नेपाली कांग्रेस सुर्खेतले १४ औं महाधिवेशनका लागि जिल्लामा पुराना सक्रिय सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण सुरु गरेको छ। यसका लागि नयाँ सदस्यता वितरण फारम सवै नगर र गाउँ पालिकामा पठाईसकिएको छ।
कांग्रेसको केन्द्रीय पार्टी कार्यालयले कांग्रेस जिल्ला पार्टी मार्फत क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति हुदै नगर/गाउँ कार्यसमिति मार्फत वडा कार्यसमितिलाई सदस्यता फारम पठाएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले वताए । उनले जिल्लाका सवै गाउँ/नगर पालिकामा फाराम पुगिसकेको समेत जानकारी दिए
१४ औं महाधिवेशनमा कांग्रेसका पुराना क्रियाशील सदस्य वरावरकै संख्यामा नयाँ सक्रिय सदस्य थपिनेछन। वडा कार्यसमितिले पूर्ण वैठक राखेर, पुराना सक्रिय सदस्यहरुको उपस्थितिमा व्यापक छलफल गरि वितरण गर्नुपर्ने कांग्रेस केन्द्रले निर्देशन दिएको छ। सदस्यता सम्वन्धी विवाद भएमा जिल्ला स्तरमा जिल्ला पार्टी सभापतिको संयोजकत्वमा पार्टी सचिव समेत रहेको एक छानबिन समिति वन्ने र त्यहा पनि विवाद भएमा केन्द्रमा पठाई सदस्यता सम्वन्धी विवाद समाधान गरिनेछ। सदस्यता निश्चित गरि आगामी मंसिर ३० गतेभित्र केन्द्रमा विवरण पठाउन पार्टीका सवै जिल्ला समितिहरुलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ।

भेरीगंगामा आजदेखि पुराना नवीकरण र नयाँ सदस्यता वितरण सुरु :

नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिको निर्णय अनुसार पुराना क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि आवेदन फाराम वितरणको काम आजदेखि शुभारम्भ गरिएको छ। नगर सभापति वेदु गिरीको अध्यक्षतामा वैठक वसी वडा समितिहरुलाई यस सम्वन्धी निर्देशन दिईएको नेपाली कांग्रेस सुर्खेतका जिल्ला कार्यसमिति सदस्य रामवहादुर शिंहले जानकारी दिए। उक्त वैठकमा नगरका सवै वडा सभापतिहरु र स्थानिय नेताहरुको उपस्थिती रहेको उनले जानकारी दिए ।

महाधिवेशनको मुखैमा गुट परिवर्तनको खेल

सुर्खेतमा कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानी वीचमा प्रष्ट दुई धार देखिएको छ। यी दुई नेतालाई धुरी वनाएर सुर्खेत कांग्रेस विभाजित छ। दुवैको हाराहारी शक्तिमा कार्यकर्ता भएपनि सुर्खेत कांग्रेसमा १८ वर्ष पार्टी सभापति भएका तप्तवहादुर विष्ट, सचिव टोपवहादुर रावत पूर्ण खड्का खेमामा सक्रिय वनेका छन् ।
नेपाली कांग्रेस वीरेन्द्रनगरका सभापति तथा मेयर देवकुमार सुवेदीले थानी टिमलाई ‘वाईवाई’ गरेसंगै उक्त टिम संकटमा परेको आँकलन गरिएको छ। साथै थानी टिम छोडी युवा नेताहरु वालदिप कडेल, हरि शर्मा र पुराना कांग्रेस नेता श्याम भारती पनि पूर्ण खेमा तिर लागेका छन् । अन्य धेरै थानी खेमाका जिल्ला नेताहरु आफ्नो टिममा आएको पूर्ण खेमा निकट एक नेता दावी गर्दछन्। तरपनि नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री शिवराज जोसीले सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा आफ्नो टिम रक्षाका लागि ‘कमाण्ड’ सम्हालिरहेकोले थानी खेमा उत्साहित वनेको छ।
जिल्ला कार्यसमिति सदस्य रामवहादुर शिंह जिल्लामा पूर्ण र हृदयराम टिमनै नभएको दावी गर्दछन। उनी भन्छन्, ‘यो टिम भन्ने कुरा होईन, विचार समूह हो । केन्द्रको हिसाब अनुसार भन्ने हो भने शेरवहादुर देउवा र रामचन्द्र विचार समूह हो।’ उनले शेरवहादुर देउवा समूहमा सुर्खेतका धेरै कार्यकर्ताहरु आएकोले आगामी अधिवेशनमा आफ्नो विचार समूह सजिलै विजयी हुने ठोकुवा गर्दछन।
तर, जिल्ला सभापति कमलराज रेग्मीले जिल्लामा कुनै विचार समूह नभएको र आगामी महाधिवेशनमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने धारणा व्यक्त गर्दछन। आफु आगामी महाधिवेशनमा जिल्ला सभापतिमा दोहोरिने या नदोहोरिने वारे सवैसंग छलफल गरि निर्णय लिने जानकारी समेत उनले दिए।
आफुहरुसंग जिल्लामा कांग्रेसका ईमानदार, नैतिकवान, लगनशील, क्षमतावान र धैर्यशील कार्यकर्ताहरुको लामो लाईन भएकोले एकदुई व्यक्तिको आउँजाउँले आगामी १४ औं अधिवेशनमा जित्न खासै समस्या नहुने उनी दावी गर्दछन। ‘को कति वलियो छ, कार्यकर्ता वीच भिजेको छ, आगामी अधिवेशनले यसलाई प्रमाणित गर्नेछ,’ उनले चुनौती दिदै भने।

प्रकाशित मिति : २०७७ मंसिर १० गते बुधबार