लुम्बिनीमा बेमौसमी वर्षाले गहुँबालीमा क्षति

खबरदृष्टि सम्वाददाता १९ चैत्र २०७९, आईतवार १०:२६

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए ।

 

उनले भने, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।”

 

कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेका गहुँ वर्षाले भिजेको छ । “खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ”, उनले भने, “दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।”

Next Post

प्रधानमन्त्रीले गरे राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

१९ चैत्र २०७९, आईतवार १०:२६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी त्यहाँ उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   राष्ट्रपति रामचन्द्र पौडेल शनिबार रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। पेटको […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031