रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १९ चैत्र २०७९, आईतवार १६:०९

काठमाडौँ । राहदानी विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । युवराज पौडेल सफलले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगबारे मुद्दा नचलाउने निर्णय गरेका थिए ।

रिटमा तथ्यगत रुपमा पुष्टि भएको विषयमा पनि महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तासमेतले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्धाको निष्पक्ष रुपमा अनुसन्धान गरी मुद्दा चलाउनू भनी विपक्षीका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

Next Post

शिवालयमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त

१९ चैत्र २०७९, आईतवार १६:०९
जाजरकोट । शिवालय गाउँपालिकाका १२ वटा विद्यालयमा करिब १५ जना शिक्षकको दरबन्दी रिक्त रहेको छ । शिवालय गाउँपालिका वडा १ देखि ८ सम्मका करिब १२ वटा सामुदायिक विद्यालय गरी १५ जनाको दरबन्दी रिक्त रहेको हाे ।   जसअन्तरगत वडा नम्बर १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्यापी, वडा नम्बर २ […]

सम्बन्धित समाचार

October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031