२०८३ वैशाख २ , बुधबार

सुशासन कायम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन



सुर्खेत २, मंसिर

जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सुर्खेत स्थित कार्यालय प्रमुखहरुसंगको नियमित मासिक वैठक विहीवार सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख नारायणप्रसाद रिसालको विशेष उपस्थितिमा भएको उक्त बैठकमा गृह मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त निर्देशन एवं निर्णयहरुवारे जानकारी गराईएको थियो ।
वैठकमा जिल्लामा सुशासन कायम गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य कार्यालय प्रमुखहरुवीचको सम्वन्धका साथै सुशासन कायम गर्न कार्यालय प्रमुखहरुले खेल्नुपर्ने भूमिकाका सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख रिसालबाट कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको थियोे ।
वैठकमा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका प्रमुख चेतननिधि वाग्लेबाट जिल्लामा कोभिड–१९ सम्वन्धी संक्रमण तथा सो को रोकथाम सम्वन्धमा गरिएका विभिन्न क्रियाकलापहरुको वारेमा जानकारी गराईएको थियो ।
उक्त वैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजेन्द्र पराजुलीले सरकारी घर जग्गा तथा जिन्सी व्यवस्थापनका सम्वन्धमा भएका कानूनी व्यवस्थाका बारेमा समेत बैठकमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७७ पुस २ गते बिहीबार