
सुर्खेत ३ पौष
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको फेरि प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक पुगेको आँकलन गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता संकटबाट वारवार वचाउदै आएका वामदेवको शुक्रबार जारी भएको स्टाटसले पुनः हल्लीखल्ली मच्चिएको छ ।
दुई तिहाई मतको सरकार भएपनि कमजोर धरातलमा टेकेको सरकारको पहिलोपटकको सत्ता संकटमा हस्तक्षेप गर्दै गौतमले ओलीविरुद्ध केन्द्रित भएका प्रचण्ड र माधवकुमार नेपाल लगायतको मोर्चाबाट अलग भए । ओलीलाई वचाउन दोस्रो पटक पनि प्रचण्ड मोर्चा छाडेर कुनैपनि गुटमा नरहेको घोषणा गरेर छ बुँदे सहमतिको प्रस्ताव ल्याए ।
गौतमले दुवैपटक सत्ता संकट टार्न प्रमुख भूमिका खेल्दा केपी ओलीवाट आश्वासन मात्रै पाए, कुनै जिम्मेवारी पाएनन् । यसवीचमा उनी पार्टीको उपाध्यक्ष र संगठन विभागको प्रमुख पनि वनाईए । तर उनको प्राप्ती ओलीको कृपाले नभई माधव प्रचण्ड समूहमा लागे वापत दवावमा प्राप्त भएको थियो । यसका लागि ओली क्याम्पले उनलाई हातपाउ गर्दै पक्षमा पारेको थियो ।
पुराना माले पार्टी निकटका नेताहरूको दवावमा उनी ओलीसंग नजिकिएका थिए । सचिवालय बैठकमा उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारियो । संविधान संशोधन गरेर वा कुनै चुनावी क्षेत्र खाली गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर ल्याउने सम्मको प्रस्ताव ओलीले राखे । ती दुवै आश्वासन मात्र भए । वामदेवले डोल्पा, काठमाडौं र अन्य यस्तै सुरक्षित ठाउँबाट चुनाव लड्ने प्रयास गरेपनि ओली उनको अवरोध वने ।
आजित भएका गौतम ओलीसंग ‘डिभोर्स’ को नजिक पुगेपनि पुनः दोश्रो तहका नेताहरुले दोस्रोपटकको संकटमा वामदेवलाई ओली क्याम्पमा छिराई छाडे । गौतमले छ बुँदे संकटमोचन प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपालको मोर्चालाई कमजोर पारिदिए ।
त्यतिबेला उनलाई उप–प्रधानमन्त्री सहित मागेको मन्त्रालय दिने प्रस्ताव गएको थियो । पछि नेकपाको सचिवालयमा समिकरण विग्रने अनुमान गरि गृह दिन नसकिने वताईया भने ओलीको खतिवडा मोहले अर्थमन्त्री दिईएन । अदालतमा परेको मुद्दाले पनि उनको मन्त्री बन्ने ढोका खुलेन । आजित भएका गौतम असन्तुष्ट ओली समूह त्याग्दै प्रचण्ड र माधव नेपाल समूहमा पुगे ।
ताक–मौकामा रहेको उक्त समूह गौतमको ‘ईन्ट्री’ले उत्साहित हुँदै सरकारलाई पुनः घेरावन्दी गर्याे । माधवरप्रचण्ड समूहमा गौतम पुग्दा पल्लाभारी भयो । ओलीले जीवनकै कष्टकर अवस्थाको महसुस गरे ।
फेरि यसपटक गौतम ओलीसँग नजिकिएको पछिल्ला घटनाक्रमहरुले पुष्टि गरेका छन् । पछिल्ला दिनहरूमा उनी प्रचण्ड र माधव नेपाल गुटको भेलामा सहभागी भएका छैनन् । ओली विरोधी सचिवालयका पाँच नेताको भेलामा बाहेक अन्य तहको गुटको वैठक र भेलामा गौतम सहभागी हुन मानिरहेका छैनन् ।
शुक्रबार पेरिडाँडाँमा आयोजना गरिएको प्रचण्ड र नेपाल गुटको कार्यकर्ता भेलामा पनि गौतम पुगेनन् । गौतम मात्रै होईन उनी पक्षधर नेता कार्यकर्ताहरुपनि उक्त भेलामा पुगेनन् । पार्टी फुटको संघारमा पुगेको वेला गौतम पुनः पार्टी र ओली सत्ताको रक्षा कवच वनेर उभिने धेरैले अनुमान गरेका छन् ।