२०८३ वैशाख २ , बुधबार

माधव प्रचण्ड खेमा जिल्ला कमिटीमा अल्पमतमा !

सुर्खेतका पार्टी सचिव जितेन्द्र भन्छन्ः कम्युनिस्ट जनमत विभाजित हुनु दुखद


सुर्खेत १५ पौष

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सुर्खेतले आज वोलाएको जिल्ला कमिटीको वैठक वहुमत सदस्यहरुले वहिस्कार गरेका छन् ।
पार्टी अध्यक्ष ध्रुबकुमार शाहीको अध्यक्षतामा वसेको वैठकमा कुल १४५ जिल्ला कमिटी सदस्य मध्ये वहुमत संख्या उपस्थिति नभएको वैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले वताए। उनका अनुसार वहुमत सदस्य वाहिरै थिए, अल्पमतको वैठक अवैधानिक छ।
नेकपा सुर्खेतको जिल्ला कमिटी १४५ सदस्यीय छ। जसमध्ये केपी ओली टिममा ५० को हाराहारी संख्या छ। आजको वैठकमा केपी टिमका कुनैपनि सदस्य उपस्थित भएका थिएनन् भने माधव नेपाल टिमका डण्डिप्रसाद शर्मा, टिकाराम शर्मा, केशर तारामी, शिपु परियार लगायतका उपस्थित भएनन।
पूर्व माओवादी खेमाका प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्ट निकट १५ जना जिल्ला कमिटी सदस्य मध्ये १० जना अनुपस्थित रहेको विष्ट निकट श्रोतले वतायो। त्यसैगरी पूर्व माओवादी निकट खड्ग घर्ती निकट रहेका जिल्ला कमिटी सदस्यहरुपनि वैठकमा गएनन् ।
जिल्ला कमिटी वैठकमा उपस्थित अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन वैध र अवैध वारे अदालतले जेजस्तो निर्णय गरेपनि मान्नु पर्ने र सुर्खेत जिल्ला कमिटीको वैठकले नेताहरूलाई मिल्न दवाव दिने प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले पार्टी एकताका लागि कमिटीले प्रस्ताव पारित गरि सडकमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला कमिटी वैठक पछि खवरदृष्टिसंग कुरा गर्दै जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारीले आफुले वैठकमा नेताहरूलाई मिल्न दवाव दिने प्रस्ताव गरेको जानकारी दिए। जिल्ला कमिटीले कुनै नेता विशेषलाई जिन्दावाद र मूर्दावाद भन्नू नहुने वैठकमा भनाइ राखेको वताए। उनले पार्टी फुटिनसकेकोले पार्टी एकता कायम गर भन्दै सडकमा आउन जिल्ला कमिटीले आव्हान गर्दै प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका थिए। उनले आफ्नो प्रस्तावमा अधिकांश सदस्यहरु सहमत भएको समेत दावी गरे।
आफु माधवकुमार नेपाल टिमवाट सुर्खेत जिल्ला कमिटीमा निर्वाचित भएपनि अहिले पार्टी एकताको पक्षमा उभिएको वताए । फुटको संघारमा पुगेको पार्टीलाई गुट–उपगुटमा विभक्त नगराई एकतामा लैजाने मोडल सुर्खेत जिल्ला कमिटीले दिनुपर्ने उनको भनाइ थियो।
आज भएको वैठकवारे प्रतिकृया दिदै नेकपा सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र) ले वैठकले २ वटा प्रस्ताव पारित गरेको जानकारी दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गर्नु असंवैधानिक कदम भएको वताउदै तत्काल सभाको पूनर्स्थापना गर्नुपर्ने र पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिएको उल्लेख गरे । उनले कम्युनिस्ट जनमत विभाजित हुनु दुखद भएको प्रतिकृया दिए।

प्रकाशित मिति : २०७७ पुस १५ गते बुधबार