२०८३ वैशाख २ , बुधबार

वर्तमान ओली सरकार अग्रगामी वाटोमा: मन्त्री थापा



सुर्खेत २१, पौष

नेपाल सरकारका खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य मणि थापाले वर्तमान सरकार अग्रगामी बाटोमा हिडिरहेको दावी गरेका छन् ।
नेकपा कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका थापाले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दै सरकारको कदम पश्चगामी भनेर लगाईएको आरोप सर्वथा गलत भएको जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अग्रगामी कदम भएको उनको दावी थियो ।

‘अहिले सरकारको कदम पश्चगामी भनेर आरोप लगाईएको छ, त्यसो होईन, यो सरकारको अग्रगामी कदम हो, यसले देशमा स्थायित्व ल्याउछ, मन्त्री थापाले भने ।
मन्त्री थापाले सरकारको अग्रगामी कदमबाट देशलाई पुनः स्थायित्वतर्फ लैजान सकिने दावी गरे । निर्वाचनबाट देशलाई निकास दिन सकिने उनको भनाई छ । पार्टीमा देखिएको विभाजनको समस्या निर्वाचनमा गए संगै समाधान हुने उनको भनाइ थियो।
‘हाम्रो पार्टीका जुन साथीले विभाजन हुन खोजिरहनु भएको छ, ती साथीहरुलाई एकतावद्ध भएर चुनावमा जानको लागि आग्रह गर्दछु’, उनले भने, ‘कानुनी रुपमा पनि विभाजन भईसकेको छैन, कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी चुनावमा एकतावद्ध भएर जान अनुरोध गर्दछु ।’
उनले नेकपाको संस्थापन पक्ष प्रधानमन्त्री ओली खेमा भएको दावी गरे । पार्टी एकता विरोधी काम प्रचण्ड नेपाल समुहले गरिरहेको मन्त्री थापाको आरोप थियो ।
मन्त्री थापा नेकपा जाजरकोटले आयोजना गरेको कार्यक्रमका लागि सुर्खेत आईपुगेका थिए । उनले मंगलबार नै जाजरकोटमा आयोजित आमसभालाई संवोधन गरेका थिए।

प्रकाशित मिति : २०७७ पुस २१ गते मंगलबार