२०८३ वैशाख ३ , बिहीबार
सिम्ताका अध्यक्ष कविन्द्र केसीको पाईला धर्मराउन थाल्यो

सुर्खेतको सिम्ता र चौकुनेका अधिकांश जनप्रतिनिधि केपी ओली नेकपामा

नेकपा चौकुनेका सचिव कार्यकर्ताको दवाव थेग्नै नसक्ने अवस्थामा


 

सुर्खेत २५, पौष

देशभर केपी ओलीको पक्षमा आएको जन–लहर सुर्खेतको चौकुने गाउँपालिकामा पनि परेको छ। गाउँ पालिकाका अधिकांश जनप्रतिनिधिहरु केपी ओली नेतृत्वको नेकपामा लागेका छन् । नेकपाको चौकुने गाउँ कमिटीमा पूर्व एमालेको तर्फका अधिकांश सदस्यहरु केपी टिममा  लाग्ने घोषणा गरेपनि नेकपा चौकुनेका सचिव हरिप्रसाद अधिकारी प्रचण्ड खेमामै रहेका छन् । पछिल्लो समय कार्यकर्ताको दवाव वढेपछि उनी प्रचण्ड–नेपाल खेमाको वैठकवाट भाग्न थालेका छन् । अधिकारी केही दिन यता चुपचाप वसेका छन् । गाउँ पालिका अध्यक्ष धिरवहादुर शाही वामदेव लाईनले पार्टी एकता वचाउने भन्दै वामदेवकै लाईनमा सकृय वन्ने संकेत गरेका छन्।
यस्तै, हिजो सिम्तामा भएको कार्यक्रममा पाका कम्युनिस्ट नेताहरु (सवै) को भेला काफलकोट गाविसका पूर्व अध्यक्ष निर्मल शिंहको संयोजकत्वमा वसी माघ २ गते सिम्ता पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ। भेलाले नेकपाको आधिकारिक पक्ष केपीको टिम ओली नै भएको ठहर समेत गरेको छ।
सिम्ताका अधिकांश जनप्रतिनिधिहरु केपी टिममै रहेको र गाउँ पालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले आफु पनि केपी टिममा नै रहेको तर टिमका साथीहरुले आफुलाई असहयोग गरेकाले रिसले प्रचण्डर माधव टिममा दुईचार दिन देखिएतापनि आजै विहान देखि माधव÷ प्रचण्ड टिम छोडेको जानकारी गराएको सिम्ताका जिल्लास्तरका एक नेताले जानकारी दिए।

सिम्तामा हिजो भएको कार्यक्रममा पूर्व माओवादी निकट ६० प्रतिशत स्थानीय नेताहरु सहभागी भएका थिए। केपी ओलीको राष्ट्रवादी अडानवाट आफूहरु प्रभावित भै केपी ओली रोजेको वैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार