२०८३ वैशाख २ , बुधबार

सिम्तामा कांग्रेसको विरोध सभा

सरकार सर्वसत्तावादतर्फ उन्मुख: उपसभापति सिंह


सुर्खेत २५ पौष
नेपाली कांग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं १ ले सिम्तामा विरोधसभा सम्पन्न गरेको छ ।
शनिवार भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटन असंवैधानिक कदम भएको भन्दै विरोध गरिएको छ । सरकार विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको र देश कोरोनाले थिलो–थिलो परेको अवस्थामा सरकारले घोषणा गरेको निर्वाचन वेठिक भएको दावी गरिएको छ । सरकार सर्वसत्तावादतिर उन्मुख भएको र जनताको घरमा आगो वल्ने अवस्था नहुँदा सरकार हत्या,हिंसा र भ्रष्टाचारमा चुर्लम डुवेको आरोप लगाईएको छ ।
नेपाली कांग्रेसले निर्वाचन क्षेत्र स्तरीय भेला अन्तर्गत सिम्ताको जामुने वजारमा भएको कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरुले सिम्ता गाउँ सरकारको समेत चर्को आलोचना गरेका थिए ।
यसअघि सिम्ताको गोजी वजारबाट निक्लेको ¥याली स्थानीय जामुने वजारको पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको थियोे । सभा लाई नेपाली कांग्रेस सुर्खेतका उप सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर सिंहले सम्वोधन गरेका थिए । उनले सरकार सर्वसत्तावादी सोच अनुसार अघि वढेको आरोप लगाए ।
नेता सिंहले सरकारको असंवैधानिक कदम देशका लागि ठुलो दुर्भाग्य भएको र देशलाई पश्चगमन तर्फ लिएको वताए । उनले नेपाली जनताले ५ वर्षका लागि दिएको मत स्थायी सरकारका लागि थियो भन्दै जनताको गाँस,बाँस र कपाँसको प्रत्याभूति गर्नुपर्नेमा आ–आफै लडेर संसद विघटनमा पुगेको आरोप लगाएका थिए ।
उनले संसद विघटनको कदमलाई जनता माथिको गद्दारी भएको वताए । ‘नेकपा बाँदर हो,उ आफ्नो घर पनि वनाउदैन,अर्कोको सुन्दर घर पनि बिगार्ने तहमा पुगेको छ,’ उनको आरोप थियो ।
कार्यक्रमलाई कांग्रेसका जिल्लास्तरीय नेताहरु खड्क पोख्रेल,चित्र रेग्मी,विरेन्द्र रावत,सरस्वती सिंह लगायतले संवोधन गरेका थिए । कांग्रेस महाधिवेशन प्रतिनिधि नारायण सापकोटा,यामराज रोकाय,क्षेत्रीय अध्यक्ष नवीन सोनी ,गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तवहादुर पुन,उप प्रमुख मैना विक,स्वास्थकर्मी संघका केन्द्रीय उपाध्यक्ष किरण वली,स्वस्तिका वुढाथोकी,गेहेन्द्र हमाल, नेपाल महिला संघकी भिमा मल्ल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
केसरवहादुर वलीको अध्यक्षतामा भएको उक्त विरोध सभाको सञ्चालन मोहन रानाले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार