
सुर्खेत २७, पौष
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोराना संक्रमण पृष्टि भएको छ । पुस २६ गते प्रदेश अस्पताल सुर्खेतमा उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
कोराना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं पठाईएको सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ । चिकित्सकको परामर्श अनुसार मन्त्री रावललाई उपचारका लागि काठमाडौं पठाईएको हो । प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्मर खड्काले मन्त्री रावलको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रकाशित मिति : २०७७ पुस २७ गते सोमबार