
पौष २९, सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहको कार्यकर्ता भेला वीरेन्द्रनगरको वडा नं १० मा सम्पन्न भएको छ ।
सचिव निरक ओलीको अध्यक्षतामा मंगलबार भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका जिम्मेवार नेताहरूले काम गर्न नदिएको भन्दै पार्टी र कम्युनिस्ट विचार जोगाउन केपी ओलीको पक्षमा लाग्नुको विकल्प नभएको निश्कर्ष निकालेको छ ।
वडाका ३ सय वढी अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारका स्वास्थ राज्यमन्त्री नवराज रावतले गरेका थिए ।
उनले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी कै नेताहरुवाट सरकारको आलोचना हुने गरेको वताए । झण्डै दुई तिहाइ मत प्राप्त गरेको सरकार भएपनि काम गर्न नदिई खुट्टा वाधेर राखिदिएको उनले वताए ।

कार्यक्रममा वीरेन्द्रनगर पालिकाका उप प्रमुख मोहोनमाया ढकालले सरकारले गरेका जनपक्षीय कामहरुको चर्चा गरेकी थिईन । उक्त कार्यक्रममा नेकपाका युवा नेता डण्डीप्रसाद शर्माले आफु पहिलेदेखि नै केपी ओलीलाई नेता मानेर आएको र केपी कै टिमवाट शिक्षक संगठनको केन्द्रीय सचिव समेत वनेको धारणा राखे ।
उक्त भेलामा जेष्ठ नागरिक मंच कर्णाली प्रदेश कमिटी सदस्य नरवहादुर विसी, पदम थापा, जिल्ला कमिटी सदस्यहरु पूर्णप्रसाद पौडेल, गणेश वली, युवा संघका नेता खिमलाल देवकोटा, कृष्ण विसी लगायतले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका उक्त वडाका सचिव निरक ओलीले हत्याहिंशामा विश्वास गर्नेहरुको पछि लाग्न नसकिने निश्कर्ष वैठकले निकालेको जानकारी दिए । उनले वडाको जनमत कत्तिपनि विभाजित नभएको भन्दै आगामी दिनमा हुने जुनसुकै निर्वाचनमा आफ्नो टिमले सहजै विजय निकाल्ने दावी गरे ।