
माघ १ सुर्खेत
धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आगामी माघ १० गते नेपाल बन्द गर्ने घोषणा गरेकोे छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । गत पुस २९ गते पार्टी केन्द्रीय सचिवालयका सदस्य समेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
विज्ञप्ति अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका छन् ।
विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको जानकारी गराउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।