२०८३ वैशाख ३ , बिहीबार

सुुर्खेत कांग्रेसका कोषाध्यक्ष पौडेललाई गुर्भाकोटमा अपमान

कोषाध्यक्ष छोडि जिल्ला सदस्यलाई प्रमुख अतिथि वनाईयो


सुर्खेत ३ माघ

प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले देशभरका स्थानीय तहहरुमा आज गरेको देशव्यापी प्रदर्शनमा सुर्खेत जिल्ला कोषाध्यक्ष अनन्त पौडेल अपमानित भएका छन् ।
सुर्खेत कांग्रेसको गुर्भाकोट नगर समितिले आयोजना गरेको विरोध सभामा जिल्ला पार्टीको निर्देशानुसार प्रमुख अतिथि वनेर गएका पौडेललाई अतिथिमा मात्रै सीमित गरि विरोध सभा सम्पन्न गरिएको छ ।
जिल्ला सभापति कमलराज रेग्मीले पौडेललाई गुर्भाकोटमा आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथि वन्न खटाएका थिए । तर चर्काे गुटबन्दी हुने सुर्खेतमा कांग्रेस महामन्त्री खड्का निकट स्थानीय नेताहरुले पौडेलको ठाउँमा कांग्रेस जिल्ला सदस्य गोविन्द कोईरालालाई प्रमुख अतिथि वनाए ।
कोषाध्यक्ष पौडेल अपमानित भएरै कार्यक्रममा वसे । उनलाई अतिथि मात्रै वनाईयो । पदीय जिम्मेवारीमा कनिष्ठ कोईराला प्रमुख अतिथि वनाउने गुर्भाकोट नगर समितिको निर्णय प्रती पौडेलले मंचवाटै विरोध गरे ।
नेता पौडेलले नेपाली कांग्रेसको विधान कार्यान्वयन गर्ने प्रमुख व्यक्ति महामन्त्री पूर्णवहादुर खड्काको निर्वाचन क्षेत्रमा आफुलाई गरिएको अपमानले नेपाली कांग्रेस कुन वाटोमा हिड्दैछ भन्ने कठोर प्रश्न गरे ।
विरोध सभामा उपस्थित कांग्रेसका स्थानीय कार्यकर्ताहरुलाई संवोधन गर्दै पौडेलले कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीमा यहि विधि प्रयोग गर्दै गए नेपाली कांग्रेस समाप्तिको दिशामा जाने वताए । आफुलाई गरिएको अपमानको हिसाब राखिराख्न उनले उपस्थित कार्यकर्ताहरुलाई आग्रह गरे ।
आफ्नै पालिकामा भएको घटना सम्झदै उनले भने,’ प्रमुख अतिथि नवनाईए पछि अपमान सहनु भन्दा उठेर हिडौं कि जस्तो लाग्यो, तर केही व्यक्तिको मात्रै पार्टी नभएकोले आफुलाई सम्हाल्दै कार्यक्रममा वसे र आफ्ना कुरा राखेर हिडे।’
नेता पौडेलले आफु अघिल्लो दिन नै गुमीमा भएको कार्यक्रममा गएको वताए । उनले त्यहा पार्टी प्रवेश लगायतको काममा प्रमुख भूमिका खेलेको समेत जानकारी दिए । आफु सभापतिको आदेश अनुसार विरोध सभाको प्रमुख अतिथि वन्न गुर्भाकोट आएको प्रतिकृया दिए ।
उनले स्थानीय गुर्भाकोट कमिटीको हेपाहा प्रवृतिको विरोध गरे । नेपाली कांग्रेस कम्युनिस्टहरुको विरोधमा देशव्यापी प्रदर्शनमा सामेल भैरहेको वेला आफुमाथि आफ्नै ठाउँमा पार्टी भित्रै अपमानित भएकोमा दुख व्यक्त गरे ।
महामन्त्री पूर्णवहादुर खड्का निकटहरुवाट भएको व्यवहार लोकतन्त्रमा नसुहाउने उनको धारणा थियो । उनले यो घटनाले पार्टी भित्रको सत्तापक्षको मुकुण्डो उदाङ्गो भएको भन्दै रोष कडा प्रकट गरे।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रुपमा आयोजना गरेको विरोध सभा अन्तर्गत शनिबारको कार्यक्रममा चिंगाड गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, वीरेन्द्रनगरमा पूर्वमन्त्री शिवराज जोसी, भेरीगंगामा तप्तवहादुर विष्ट लगायतले संवोधन गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिबार