२०८३ वैशाख ३ , बिहीबार

सिम्ताको देउलीमा कांग्रेसको विरोध सभा



सुर्खेत ४, माघ

प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस सिम्ता सुर्खेतले स्थानीय देउलीमा विरोध सभा सम्पन्न गरेको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कांग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति खड्क पोखरेलले वर्तमान सरकार अधिनायकवादको वाटोमा हिडेको आरोप लगाए। उनले आगामी वैसाक १७ र २७ मा तोकिएको निर्वाचन हुनेमा संदेह व्यक्त गरे।
उक्त कार्यक्रममा विशेष अतिथि जिल्ला कार्यसमिति सदस्य बिरेन्द्र रावत,अतिथिहरुमा जिल्ला कार्यसमिति सदस्य यामराज रोकाय,क्षेत्रीय सह सचिव मोहन राना,नेपाल तरुणदल सिम्ताका संयोजक गंगाराम सापकोटा लगायतले संवोधन गरेका थिए।
उक्त कार्यक्रमको सभापतित्व सिम्ता गाउँ कार्यसमितिका सह सभापति गेहेन्द्रकुमार हमालले गरेका थिए भने विरोध कार्यक्रमको संचालन काफलकोटका सभापति हरिबहादुर सिंहले गरेको नेपाल तरुण दल सिम्ताका संयोजक गंगाराम सापकोटाले जानकारी दिए।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतबार