२०८३ वैशाख २ , बुधबार

जाजरकोटमा चुनावी घरदैलो गर्दै नेकपाको ओली समूह



माघ ५, जाजरकोट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता तथा कार्यकर्ता यतिबेला जाजरकोटका विभिन्न नागरिकहरुको घरदैलोमा पुगिरहेका छन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले काम गर्ने बातावरण नभएको भन्दै पुस ५ गते प्रतिनिधि सभा बिघठन गरेका थिए । प्रतिनिधि सभा असंवैधानिक तरिकाले बिघठन गरेको भन्दै सत्तारुढ नेकपाका प्रचण्ड नेपाल समुह देशब्यापीरुपमा आन्दोलित भएका छन । तर, जाजरकोटमा भने नेपाल प्रचण्ड समुह सेलाउदै गएको छ ।

सुरुमा पार्टीको कार्यक्रममा अफवाह फैलाउदै कार्यकर्ता जम्मा गर्ने नेपाल प्रचण्ड समुह यतिबेला सुनसान जस्तै भएका छन । केन्द्रदेखि जिल्लास्तर सम्म पार्टीको आन्तरिक बिवादको प्रभाव देखिएको छ । जाजरकोटमा ओली समुहले जिल्लाब्यापी कार्यक्रमहरु सञ्चालन गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रत्नप्रसाद शर्माले बताए ।
‘प्रधानमन्त्री ज्यूलाइ काम गर्ने वातावरण भएन । त्यसैले जनताको माझमा जानुभएको छ,’ केन्द्रीय सदस्य शर्माले बताए । सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय गरेको उनको भनाइ छ । प्रधानमन्त्रीले ताजा जनमतका लागि प्राप्त अधिकार अनुसार प्रतिनिधि सभा बिघठन गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य चन्द्र प्रकाश घर्तीले बताए । देशलाइ बर्वाद हुनबाट ओलीले बचाएको उनको तर्क छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले नलगाड नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तथा भेरी नगरपालिका प्रमुख घर्तीले यस्तो बताएका हुन ।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको घर्तीले बताए ।
प्रधानमन्त्री ओलीले जनतामाझ जाने निर्णय लोकतान्त्रिक निर्णय भएको समेत उनले दावी गरेका छन । ‘पार्टी एकता भएपछि बिचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । बिचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो’, नगर प्रमुख घर्तीले भने्, ‘पद लोभीहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछि सम्माननीय प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुप¥यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’

नेपाली जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका शिर्ष नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउन हस्ताक्षर संकलनको कदम दुर्भाग्य भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य लालबहादुर महताराले बताए । ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ति मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछि, सरकारलाई काम गर्नै नदिएपछि यस्तो कदम चाल्नुपरेको हो,’ महतराले बताए सदस्य महताराले बताए ।

पदका लागि मरिहत्ते गर्ने केहि शिर्ष नेताका कारण देशलाइ बर्वाद हुनबाट प्रधानमन्त्रीले जोगाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका केन्द्रीय सदस्य डम्बर सिंहले बताए ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमबार