
सुर्खेत, ७ माघ
नेकपा पार्टी विभाजनको चरणमा रहेकै समयमा सुर्खेतको सिम्ता गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सिम्ताको राकममा सम्पन्न भएको छ।
मंगलबार उक्त पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य ठम्मरवहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको भेलामा सिम्ता क्षेत्रका पुराना कार्यकर्ताहरुको उपस्थितिले उक्त समूह उत्साहित भएको छ।
नेकपाका अधिकांश अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा भनाइ राख्दै प्रमुख अतिथि विष्टले पार्टी विभाजन हुनुमा प्रचण्ड र माधव नेपाल मुख्य दोषी भएको आरोप लगाए। उनले केपी शर्मा ओलीको नेतृत्व क्षमतावाट आफु प्रभावित भएको वताए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्यद्वय बालकृष्ण बिसी, चुडामणि शर्मा,जिल्ला कमिटी सदस्यहरु डण्डीप्रसाद शर्मा,ऎनवहादुर चन्द,टेकेन्द्र बस्नेत ,जितवहादुर सिंह ,मानकुमारी चन्द, अनेमसङ्घका केन्द्रिय सदस्य एवम् लेकबेसी नगरपालिकाका उपमेयर शान्ति छन्त्याल ,अनेमासङ्घ केन्द्रिय सदस्य सिता शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य निर्मल सिंह गरेका थिए भने कार्यक्रमको सन्चालन जिल्ला कमिटी सदस्य नेत्रलाल महताराले गरेका थिए।