२०८३ वैशाख ३ , बिहीबार

अर्काको जग्गा पास गरेको अभियोगमा दर्लामी पक्राउ



सुर्खेत ७, माघ

जग्गाधनीलाई थाहै नदिई जग्गा नामसारी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा थप दुई जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका ६ का व्यवसायी सौगात रावतको नामको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामवहादुर दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्ष लोकप्रसाद चालिसे हाजिर नभएको दिन उनी उक्त वडाको कार्यवाहक अध्यक्ष वनेका थिए। यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावद र मालपोत कार्यालयमा आवश्यक कागजात लिखित गर्ने अम्मरसिं कटुवाल पक्राउ परेका थिए ।

अनुसंधान गर्दै जाँदा उनीहरुसंग पनि थप वुझ्नुपर्ने भएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले वतायो। पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिने वताईएको छ। घटना गम्भीर भएकोले थप कर्मचारी पक्राउ पर्नसक्ने सर्वत्र अनुमान भैरहेको छ ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधबार