२०८३ वैशाख ३ , बिहीबार

नेकपाको दैलेख जिल्ला कमिटी विस्तार गर्दै अध्यक्ष रवीन्द्र शर्मा

व्यवसायी वीरवहादुर रावत जिल्ला कमिटी सदस्यमा चयन


सुर्खेत ९, सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले विभिन्न कारणले खाली भएका पार्टी कमिटीमा पदपूर्ति गर्न सुरु गरेको छ। पार्टी विभाजनका संघारमा पुगेको भन्दै संगठन चुस्तदुरुस्त वनाउन जिल्ला कमिटीमा खाली भएका पदहरुमा विगतमा पार्टीमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई मनोनयन गर्न सुरु गरिएको नेकपा दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले संकेत गरे।

केपी ओली निकट रहेका शर्माले शुक्रबार १५ जनालाई जिल्ला कमिटीमा मनोनयन गरेको नेकपा श्रोतले जानकारी दियो। यो संख्या अझै वढ्नसक्ने भन्दै एक हप्ताभित्रै सम्पूर्ण मनोनयन सकिसक्ने योजना वनाएको नेकपा दैलेखका एक नेताले जानकारी दिए।

यसैबीच, दैलेखको चामुण्डा विन्द्राशैनी नगर पालिका २ स्थायी ठेगाना भै हाल सुर्खेतको वीरेन्द्रनगरमा व्यापार व्यवसाय गरेर वसेका वीरवहादुर रावत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखको जिल्ला कमिटी सदस्यमा मनोनित भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले रावतलाई शुक्रबार (आज)को निर्णय अनुसार मनोनयन गरेका छन् ।

मनोनयन पत्रमा आन्तरिक अकर्मण्यतावाट पार्टीलाई मुक्त गरि पार्टी कमिटी गठन पूनर्गठन र विस्तार गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा जिल्ला कमिटी दैलेख ईन्चार्ज, केन्द्रीय कमिटी सदस्यहरु जिल्ला कमिटीका अध्यक्ष र पार्टीका पदाधिकारी सहितको वैठकले पार्टी जीवनमा गरेको योगदानलाई उच्च कदर गर्दै पार्टी जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको उल्लेख गरिएको छ।

रावत सुर्खेत जिल्लाको शिक्षा क्षेत्रमा सक्रिय छन् । उनी सुर्खेतको ब्राईट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पसको अध्यक्ष र भेरी कर्णाली ट्रक समितिको महासचिव रहिसकेका छन् । जिल्लाको उध्योग वाणिज्य क्षेत्रमा सक्रिय रावतले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय भूमिका खेलेका छन् ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रबार