सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक आगामी १७ गते सम्मका लागि स्थगित भएको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना जारी गर्दै बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् ।
यसअघि बुधवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो ।
यो हेर्नुहोस् – कर्णालीमा एमालेद्धारा संसद् बैठक अवरुद्ध
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले पेस गरेको बजेटमाथिको छलफलमा मुख्यमन्त्री र अर्थमन्त्रीले ‘बजेट पैतृक सम्पत्ति’ बाँडे जसरी बाडेको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।
यो पनि हेर्नुहोस् – कर्णाली प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित
एमालेले बजेट विषयमा आफूले उठाएका माग सम्बोधन नभएसम्म सदन चल्न नदिने रणनीति बनाएको छ । बजेटको विषयमा सत्तापक्षकै सांसदहरू समेत असन्तुष्ट देखिएका छन् ।
सांसदहरूको सिफारिसमा नभई बिचौलियाको सिफारिसमा योजना आएको भन्दै सत्ता पक्षकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिपक्षले संसद् चल्न नदिने चेतावनी दिए पनि काँग्रेसले भने उक्त विषयलाई हल्का रूपमा लिएको छ । प्रतिपक्षले सदन स्थगित गरेर आफ्नो धर्म निभाएको बुझाइ काँग्रेसको छ ।
यो पनि हेर्नुहोस् – कर्णाली प्रदेशसभाको बैठक आइतबारसम्मका लागि स्थगित