कर्णाली प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

खबरदृष्टि १३ असार २०८०, बुधबार १७:५४

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । एमालले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पेस गरेको बजेटमाथिको छलफलमा मुख्यमन्त्री र अर्थमन्त्रीले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाडेको आरोप लगाउँदै विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताएका थिए ।

बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको बताउँदै सचेतक पछाईले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाएका थिए ।

लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको थियो । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । तर,फेरि विशेष कारणवस् बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

Next Post

रुकुमको स्यार्पु तालमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला

१३ असार २०८०, बुधबार १७:५४
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पु तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । मंगलबार स्यार्पु तालमा डुबेर बेपत्ता भएकी बाँफिकोट गाउँपालिका वडा नं ३ बस्ने डिलबहादुर विककी छोरी ११ वर्षीय टिका विकको शव फेला बुधवार फेला परेको जिल्ला प्रहरी […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031