२०८३ वैशाख २ , बुधबार

श्री एयरलाइन्सको ८० सिटे जहाज सुर्खेत विमानस्थलमा सफलतापूर्वक अवतरण



माघ २६, सुर्खेत
निजी वायु सेवा प्रदायक कम्पनी श्रीएयरलाइन्सले सुर्खेत विमानस्थलवाट सफलतापूर्वक परिक्षण उडान गरेको छ। काठमाडौदेखि उडेको श्रीको विमान सोमवार विहान १०ः ३५ मा सुर्खेत विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।

उनले भने,‘चालक भरतसिंह थापाको नेतृत्वमा श्रीको जहाजले सुर्खेत विमानस्थलमा सफलता पूर्वक अवतरण ग¥यो’, उनले भने, ‘अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन होला !’

पन्थीले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमता अनुसारको लोड ल्याउन सकिने चालकले आफुलाई जानकारी गराएको बताए । उनले जहाजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्सले बजारको अवस्था अध्ययन गर्ने बताएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार