कक्षा १२ को नतिजा अन्तिम चरणमा, कहिले हुँदैछ प्रकाशन ?

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २७ श्रावण २०८०, शनिबार १४:०६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने समय भने तोकिएको छैन।

परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले नतिजा प्रकाशन भने अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने,‘प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ,यही दिन प्रकाशित हुन्छ भन्न सकिँदैन,बोर्ड बैठक बस्नुपर्छ,त्यही भएर जुन दिन पनि नतिजा प्रकाशित हुनसक्छ।’

उनका अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित पनि हुनसक्छ नभए भदौ महिना पुग्ने सम्भावना पनि छ। कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

Next Post

स्वतन्त्र सांसद देवेन्द्र शाही कांग्रेसमा फर्किए

२७ श्रावण २०८०, शनिबार १४:०६
सुर्खेत । जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । नेपाली कांग्रेसभित्रै विद्रोह गरी चुनाव जितेका कर्णाली प्रदेश सांसद शाहीले पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । जुम्लामा आयोजित पत्रकार भेटघाटमा सांसद शाहीले स्वतन्त्र भएर निर्वाचन […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031