सुर्खेत ४, फागुन
कालिकोट जिल्लाका सर्वाधिक लोकप्रिय स्थानिय तहका प्रमुखहरु मध्ये रास्कोट नगरपालिकाका प्रमूख काशिचन्द्र वराल केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पाटी नेकपामा खुलेका छन ।
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रबाट नगर प्रमूखमा बिजयी भएका बराल सहित सयौं नेता कार्यकर्ताहरु ओली नेतृत्वको नेकपामा लागेका हुन् । रास्कोटका नगर प्रमुख बराल ओली खेमामा लागेपछि कालिकोटमा ओली समूह वलियो वनेको छ।
पार्टीको आन्तरिक बिबाद पछि बिभाजित नेकपाका दुवै समूहमा नदेखिएका नगर प्रमुख वराल एकाएक ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी लिएका छन् । नगरप्रमूख वरालले काठमाण्डौमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव विष्णु पौडेलसंगको छलफल पछि ओली समुहमा सक्रिय हुने निर्णय गरेका हुन् ।
उनीे कालिकोट जिल्लामा बलियो जनमत भएको नेताका रुपमा चिनिन्छन् । ओली समुहमा लागेका नगरप्रमूख बरालले आफु देश बनाउनेहरुको पक्षमा लागेको प्रतिकृया दिए।