२०८३ वैशाख २ , बुधबार

यदुस्मृति पत्रकारिता पुरस्कार वीरवहादुरलाई



सुर्खेत ४, फागुन

२०५६ सालमा नेकपा माओवादीवाट मारिएका रुकुमका लोकप्रिय युवा नेता यदु गौतमको स्मृतिमा स्थापित यदुस्मृति पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई दिने निर्णय गरिएको छ ।

यदुस्मृति पत्रकारिता पुरस्कार छनोट समितिका स‌ंयोजक सूर्य थापाको अध्यक्षतामा बसेको बैठकले यस वर्षको पुरस्कार गिरीलाई दिने निर्णय गरेको हो।

गिरीले जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका अध्यक्ष सूर्य थापाले बताए।

उक्त पुरस्कार विगत १९ वर्षदेखि हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गरिदै आएको छ। नगद १५ हजार राशि र कदरपत्र सहित पुरस्कृत गरिँदै आएको छ। यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका गौतमको सम्झनामा स्थापना गरिएको हो।

२०५६ सालमा माओवादी आक्रमणमा मारिएका गौतम तत्कालिन एमालेका रुकुम जिल्ला सचिव थिए। यदुपत्‍नी तीर्था गौतमको पहलमा पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो।

प्रकाशित मिति : २०७७ फागुन ४ गते मंगलबार