२०८३ वैशाख २ , बुधबार

अनेरास्ववियु सुर्खेतले गर्यो रक्तदान



सुर्खेत ७ फागुन

अनेरास्ववियू सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी कार्यालय हटिया चोकमा भएको रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता पार्टी केन्द्रिय सदस्य कुलमणि देबकोटाले गरेका थिए।

ओली पक्षीय अनेरास्ववियुका कार्यालय सदस्य प्रेम खड्का, जिल्ला अध्यक्ष धुपेन्द्रबहादुर शाही, मप विश्व विध्यालय कमिटीका संयोजक निकुञ्ज पाण्डेले रक्तदान गरेका थिए।रक्तदान गर्ने अनेरास्ववियुका अन्य नेताहरुमा गणेशबहादुर शाही, प्रभात पोख्रेल, खगेन्द्र जिसी (खग्गु), मदन भण्डारी स्पोर्टसका सुर्खेत जिल्ला अध्यक्ष सुरज थापा, टेकराज आचार्य, उपेन्द्र शाही, ललित कठायत लगायत रहेका छन्।

शुक्रबार भएको रक्तदान कार्यक्रममा राकेश खत्री, पदम सुबर्णकार, सुबास गौतम, सरोज न्यौपाने, निशा थापामगर, नर कठायत, प्रतीक शाही, बिरेन्द्र सिह, खडक बिसी, हिक्मत बहादुर बयक, बिकास राना, प्रकाश ढकाल, खगेन्द्र चौलागाईं, पदमबहादुर बुढा, खगेन्द्र जि सी लगायत सहभागी थिए।

अनेरास्ववियु सुर्खेतले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिएको अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्रवहादुर शाहीले जानकारी दिए।

 

प्रकाशित मिति : २०७७ फागुन ७ गते शुक्रबार