सुर्खेत ८, फागुन
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु राेगकाे पुष्टि भएको छ। संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ ।
चरा प्रजातीमा देखिने याे वर्डफ्लुवाट वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरापालक किसान प्रभावित वनेका छन् ।
संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरेर यसअघि नै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा वसेकाे जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।
वीरेन्द्रनगरको नौलो टोलका दुई जना किसानले पालेका २ सय ७९ कुखुरा, १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिए ।
निर्देशनालयले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह समेत गरेको छ ।
सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँकाे वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली सुर्खेत आईपुगेको छ ।