
फागुन १६, सुर्खेत
अनेरास्ववियु सुर्खेतले नेपालको एक इन्च भूमि दिन तयार छैनौं भन्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ ।
मध्यपश्चिम विश्व विध्यालयको गेटवाट आईतवार अपरान्ह ४ वजे सुरु भएको विद्यार्थीहरुको जुलुसले स्थानीय मंगलगढी हुदै वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
जुलुसका सहभागीहरुले केही दिन अघि नेकपा अध्यक्ष प्रचण्डले नेपालमा कांग्रेस, राजपा र आफुहरुको सरकार वने भारतलाई कम्फर्टेवल हुन्छ भनी दिएको अभिव्यक्तिले नेपाल र नेपालीको मानमर्दन भएको भन्दै आन्दोलनमा उत्रिनु परेको वताएका थिए ।
‘प्रचण्डका अभिव्यक्ति राष्ट्रहित विरुद्धमा छन, देशघाती प्रचण्डले भारत अनुकुल सरकार बनाउनु पर्छ भनेर नेपालीहरुको मानमर्दन गरेका छन्,’ कोण सभामा उपस्थित सयौं समर्थकहरुलाई संवोधन गर्दै अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने,’हामी भन्न चाहन्छौ प्रचण्डले भारतको गुलामी गरेर नेपाल बेच्ने सपना नदेखे हुन्छ, हामी भारतलाई अनुरोध गर्न चाहन्छौ, नेपालको भूमि फिर्ता दे, तेरो प्रचण्ड फिर्ता लैजा ।’
प्रचण्डको नेपाली नागरिकता खारेज गरेरर भारत पठाउन संयोजक शाहीले नेपाल सरकारलाई अनुरोध समेत गरे ।
प्रचण्डको भारतको गुलामी अनेरास्ववियूलाई स्वीकार नभएको भन्दै राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विषयमा अनेरास्ववियु क्लियर भएको उनको भनाइ थियो ।
कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रेम खड्का केन्द्रीय सदस्य नवीन योगी, चक्र शाही लगायतको उपस्थिति रहेको थियो ।