२०८३ वैशाख ३ , बिहीबार

कँडेलका लागि पद्मा खड्काले पुर्‍याईदिएको वहुमत

एमाले सुर्खेत एक ढिक्का : माधवकुमार नेपालको कार्यक्रममा सुर्खेतवाट कोही पनि सहभागी गएनन्।


सुर्खेत ४ चैत

कर्णाली प्रदेश सभामा स्पष्ट वहुमतमा रहेको भनिएका नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेललाई निर्णायक घडीमा प्रदेश सभा सदस्य पद्मा खड्काले साथ दिएकी छन् । नेकपा एमाले पुनःस्थापना भएपछि प्रदेशको जिम्मेवारी समेत थपिएका कँडेल प्रदेशमा अझै शक्तिशाली भएको अनुमान गरिएको थियो।

आफैले पठाएका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा कँडेलले वोलाएको संसदीय दलको वैठकमा सहभागी भएनन्। नन्दसिं वुढालाई मन्त्री वनाउदा मुगुवाट निर्वाचित एमाले केन्द्रीय सदस्य चन्द्रबहादुर शाहीले आर्थिक प्रलोभनमा परेर वुढालाई मन्त्रीमा नियुक्त गरेको भन्दै संसद सदस्य र पार्टी केन्द्रीय सदस्यवाट समेत राजीनामा दिएका थिए।

गम्भीर आरोपको भारी वोकेर मन्त्री वनाईएका मन्त्री वुढा निर्णायक घडीमा कँडेलको साथमा देखिएनन् । यस्तै, कँडेल कोटावाट नै मन्त्री वनेका सामाजिक विकास मन्त्री दल रावल समेत आफैले वनाएका संसदीय दलका नेताको पक्षमा उपस्थित हुन वान्छनीय ठानेनन् । वरु,कडेलको पक्षमा खुलेका नन्दसिं वुढालाई दलको वैठकमा जानवाट रोक्ने प्रमुख भूमिका निर्वाह खेले।

कँडेलले राजनीति सिकाएका र निर्णायक घडीमा उनले सहयोगको आशासमेत गरेका सांसद शुशिलकुमार थापाले कँडेललाई सहयोग गर्न वान्छनीय ठानेनन् । उनी माधवकुमार नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी वने।

झण्डै अल्पमतमा परेको समयमा प्रदेश सभा सदस्य पद्मा खड्का कँडेलको पक्षमा चट्टान झै खडा भईन। उनकै कारणले दलमा कँडेल वहुमतमा पुगे। यसैको सहारामा उनले दलको वैठकवाट कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई फिर्ता वोलाउने र अनुपस्थित सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्न सके। खड्कालाई रोक्ने उद्देश्यले काठमाडौंको कार्यक्रमसमेत छोडेर सुर्खेत फर्किएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको प्रयास त्यतिकै खेर गयो।

सांसद खड्कालाई माधवकुमार नेपाल टिमले प्रदेश सांसद वनाउन समर्थन गरेको थियो। उनका मामा अमृतकुमार विसी नेकपा एमाले सुर्खेतका उपाध्यक्ष छन् । उनी नेकपा एमाले भित्र माधव खेमाका रुपमा चिनिन्छन्। विसीले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा कँडेलविरुद्धमा खडा भएका एमाले विद्रोही उम्मेदवार शिवप्रसाद उपाध्यायको प्रमुख प्रचारक वनेका थिए।

हुँनत, कँडेलले नै विसीलाई एमालेको प्रत्यक्ष राजनीतिमा ल्याएका थिए। २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा विसी शिक्षक पदमा कार्यरत रहेकै वेला उनलाई राजीनामा दिन लगाई सुर्खेतको लाटिकोईली गाविसको अध्यक्ष पदमा उठाएका थिए। विसीले अध्यक्ष पद अत्यधिक वहुमतले पनि जिते।

पछि एमाले भित्रको टिम राजनीतिमा कँडेल र विसीको पार्टी लाईन फरक धारमा हिड्यो। विसी माधवकुमार नेपाल लाईनमा लागे भने कँडेल केपी ओली टिममा १

तर, २०७७ सालको अन्ततिर आएर कँडेल र अमृत विसी विचमा निकटता देखिएको छ। विसी माधवकुमार नेपालले चैत ४ र ५ गते काठमाडौंमा वोलाएको भेलामा सहभागी वनेनन भने उनकी भान्जी पद्मा खड्काले संकटको समयमा कँडेलको रक्षा कवच वनेर खडा भईन।
यसले एमाले सुर्खेतको राजनीति समिकरणमा समेत निकै ठूलो परिवर्तन ल्याएको छ। विसी सुर्खेत एमालेको राजनीतिमा राम्रो पकड राख्ने नेता हुन। आजको घटनाले सुर्खेतको एमाले पार्टी भित्र एकताको संदेशसमेत दिएको छ।

यसवारेमा प्रदेश सभा सदस्य पद्मा खड्कासंग प्रतिकृया लिदा उनले आफ्नो निर्णय सुर्खेतको एमाले पार्टीलाई एकतावद्द वनाउने अभियान अन्तर्गतको कदम भएको वताईन। अदालतको फैसला पछि एमाले पार्टी वलियो र एकतावद्द वनाउनुको अर्को विकल्प नभएको उनको भनाइ थियो।

खड्काकै पहलका कारण माधवकुमार नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा सुर्खेतवाट प्रमुख नेताहरू कोही पनि सहभागी भएनन् । सांसद खड्काले भनिन, ‘माधव नेपाल टिममा यसअघि चिनिएका सुर्खेतका नेताहरु शिव उपाध्याय, मोहोन वडुवाल, अमृत विसी कोही पनि जानू भएन, यसमा मेरो महत्त्वपूर्ण योगदान छ।’

प्रकाशित मिति : २०७७ चैत ४ गते बुधबार