२०८३ जेठ २५ , सोमबार

कोशीको मुख्यमन्त्री आज टुंगो लाग्दै



कोशी। कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका बिद्रोही समूहका केदार कार्की दुवैले गरेको दावीमा आज टुंगो लाग्ने भएको हो ।  प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने बताए ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफनो समूहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ । सो समूहले आङ्बोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन् । जसअनुसार कोशीमा शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार