प्रदेश अस्पतालले नयाँ विरामी नलिने भन्दै जारी गरेको सूचनाप्रति एमाले असन्तुष्ट

प्रमुख प्रतिपक्ष दलका नेता कँडेल भन्छन्, प्रदेशमा श्रोतको अभाव छैन

खबर दृष्टि १ जेष्ठ २०७८, शनिबार ०८:५९

सुर्खेत १ जेठ

सुर्खेतमा कोरोना संक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको समाचार आईरहेको र प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभाव देखाउदै नयाँ विरामी भर्ना गर्न ईन्कार गरिरहेको सन्दर्भमा नेकपा एमालेका प्रदेश कमिटी ईन्चार्ज तथा कर्णालीमा प्रमुख प्रतिपक्ष दलका नेता यमलाल कँडेलले विरोध जनाएका छन्।

हिजो कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले एक सूचना जारी गर्दै अक्सिजन आपूर्तिमा आएको समस्याका कारण कोरोनाका नयाँ विरामी भर्ना लिन अस्पताल असक्षम भएको वताएका थिए।

फेसवुक स्टाटसमार्फत अस्पतालले जारी गरेको सूचना राखेर नेता कँडेलले अक्सिजनको जोहो गर्न प्रदेश अस्पताल सुर्खेतले नसकिरहेको र अहिलेको महामारीको बिचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पुर्याउनु सम्बन्धित निकायको असक्षमताको पराकाष्ठा भएको वताएका छन् ।

उनले प्रदेश सरकारसंग श्रोतको अभाब नभएको वताउदै संघिय सरकारसंग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै भएको उल्लेख गरेका छन्।

नेता कँडेलले आफुसंग भएको स्रोतको पनि उचित परिचालन गर्न नसक्ने,अरूको सहयोग पनि लिन नसक्ने भएपछि अनाहकमा जनताको ज्यान अझै जाने अस्पतालले प्रकाशित गरेको सूचनाबाट सजिलै अनुमान लाउन सकिने आज एक फेसवुक स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

‘अरूले सहयोग गर्ने हो, सुझाब दिने हो, ढंग जिम्मेवारी लिएका ब्यक्तिहरूले नै पुर्याउनु पर्छ। प्रचारमुखी भन्दा परिणाममुखी काम गरौ, पहिला महामारीबाट जनताको ज्यान जोगाऔं, अरू कुरा पछि गर्दै गरौला,’ उनले सार्वजनिक गरेको स्टाटसमा उल्लेख छ।

Next Post

कोरोना संक्रमितहरुको उपचारमा गैरजिम्मेवार वनेको भन्दै एमालेको ध्यानाकर्षण

१ जेष्ठ २०७८, शनिबार ०८:५९
  सुर्खेत १, जेठ नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कोरोना संक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको समाचार आईरहेको भन्दै यसको रोकथाम, नियन्त्रण र उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ। प्रदेश अध्यक्ष गोरखवहादुर वोगटीले आज एक विज्ञप्ति जारी गर्दै महामारीवाट सिंगो देश आक्रान्त वन्दै गईरहेको […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031