सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

खबरदृष्टि सम्वाददाता ६ बैशाख २०८१, बिहीबार १८:२३

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई जना सांसदले सर्मथन जुटाएर छुट्टाछुट्टै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनस् मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

Next Post

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु,५२ घाइते

६ बैशाख २०८१, बिहीबार १८:२३
काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए । दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031