२०८३ जेठ १९ , मंगलबार

अध्यक्ष ओलीले गरे मध्यपश्चिम विश्वविद्यालयका नवनिर्मित भवनहरूको उद्घाटन



नवनिर्मित भवनहरूको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुर्खेत पुगेर उद्घाटन गरेका हुन् ।

ओलीले विश्वविद्यालयको विद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटनसँगै उक्त भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधिसम्बन्धी संस्थाको पनि शुभारम्भ गरेका छन् ।

यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उद्घाटन ओलीले गरेका छन् । उनले मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारसँगै भौतिक संरचनाका हिसाबले अन्य विश्वविद्यालयहरुमा अगाडी बढेको देखिएको बताए ।

‘विश्वविद्यालयले आफ्नो शिक्षालाई प्राविधितर्फ जोड्दै भौतिक संरचनामा समेत अगाडी बढेको देखियो ।’, उनले भने, ‘प्राविधिक पक्ष र हुम्यानिटिजतर्फ सबै विषयमा गुणस्तरीय शिक्षा विश्वविद्यालयले प्रदान गरेको कुरा अनुगमनबाट देखिएको छ ।’, अध्यक्ष ओलीले भवन उद्घाटन गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय विश्वविद्यालयमा पढाइको व्यवस्थापन, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधार हुँदै गएको बताए ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार