२०८३ जेठ २० , बुधबार

कर्णालीका पत्रकारहरुलाई तीन दिने क्षमता अभिवृद्धि तालिम



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय फोटो पत्रकारिताको क्षमता अभिवृद्धिबारे क्यामरा र ड्रोन सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र नेपाल फोटो पत्रकार महासंघ केन्द्र र कर्णाली प्रदेश समितिको समन्वयमा तालिम आयोजना गरिएको हो ।

तालिममा कर्णालीका ८ जिल्लाबाट ३५ जना पत्रकारहरु सहभागी थिए । माघ ८ गतेदेखि १० गतेसम्म तालिम आयोजना भएको थियो । कार्यक्रममा सहभागि पत्रकारले रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरणिय घटनाको चर्चा गरेका थिए । साथै उनीहरुले कार्यक्रमबाट फोटो र ड्रोन चलाउने नयाँ तरिकाहरुबारे सिक्ने अवसर पाएको बताएका थिए ।

कार्यक्रममा बस्तुगत, तथ्यगत रुपमा फोटो पत्रकारहरु हुने भएकाले यसको महत्व बढी रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए । ‘फोटो आफैमा प्रतिविम्व हो ।’ कानुन मन्त्री जिसीले भने, फोटो भिडियोबाट राज्यलाई जिम्मेवार गराउँछ । फोटो पत्रकारको एउटा फोटोले धेरै कुरा अर्थ राख्छ । त्यसैले फोटो र भिडियोले भुगोललाई देखाएर कर्णाली चिनाउने गरेको छ ।’

फोटो आंचारसहिताबारे प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रशिक्षिण दिएका थिए । तालिमको प्रमुख प्रशिक्षक धुव्र आले, प्रशिक्षक तथा सागर श्रेष्ठ, सुर्यमणी गौतम रहेका थिए । समापन कार्यक्रममा कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव हरिहरसिंह राठौंर, सचिव विशाल सुनार, प्रदेश अध्यक्ष गोविन्द केसी, जिल्ला अध्यक्ष रेवतीरमण उपाध्याय लगायत सहभागी थिए ।आधारभूत फोटो पत्रकारिता तालिम समापन भएको हो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधबार