सुर्खेत । सल्यानमा घाँस काटने क्रममा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्यालागाउँका ६० वर्षीय ध्वजबहादुर केसीको मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा भिमलको रुखबाट शुक्रबार बिहान लडेका केसीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
उनका अनुसार शरीरका बिभिन्न भागमा चोट लाग्दा गम्भीर घाइते भएका केसीलाई श्रीनगरस्थित परोपकार अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार सम्भव नभएपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । उनको अस्पतालमा मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।