२०८३ वैशाख २६ , शनिबार

किसान महासंघको १ सय ११ सदस्यीय कमिटी चयन



सुर्खेत, २१ भदौं

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ सुर्खेतको जिल्ला भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय सचिव खड्कवहादुर खड्काको प्रमुख आतिथ्यतामा सोमवार भएको भेलाले गत वर्ष चयन भएका महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यलाई यथावत राख्दै १ सय ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

भेलामा आफ्नो भनाइ राख्दै सचिव खड्काले किसानका समस्यामा सरकारहरु वेखवर हुने गरेको भन्दै महासंघले किसानका हकहितमा आवाज उठाउनु पर्ने वताए। उनले केपी ओली नेतृत्वको सरकारले किसानको आयस्तर उठाउन विभिन्न कार्यक्रमहरुको घोषणा गरेकोमा यसलाई कार्यान्वयन गर्न नदिन देशभित्र र वाहिरका प्रतिकृयावादी शक्तिहरुले सरकार ढालिदिएको आरोप लगाए ।

भेलामा महासंघका कर्णाली प्रदेश अध्यक्ष सूर्यवहादुर शाही, प्रदेश सचिव एवम् चौकुने गाउँ पालिकाका अध्यक्ष धिरवहादुर शाही, र नेकपा एमाले प्रदेश कमिटी सदस्य वखतवहादुर भण्डारीले महासंघ स्थापनाको उद्देश्य र यसको संगठनात्मक अवस्था वारेमा चर्चा गरेका थिए।

महासंघका सुर्खेत जिल्ला अध्यक्ष मनोहर आचार्यको अध्यक्षतामा सम्पन्न भएको वैठकमा किसान महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष विनोद गिरी र किसान नेता शसिराम आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यसअघि वीरेन्द्रनगरको एरिचोकमा किसान महासंघको प्रदेश र जिल्ला कार्यालयको केन्दीय सचिब खड्कबहादुर खड्काले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०७८ भदौ २१ गते सोमबार