सुर्खेत । डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका प्रहरीले जनाएको छ ।
बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।
खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो । उनले सँगै लिएका दुई वटा घोडाको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार