२०८३ वैशाख २७ , आइतबार

माओवादी नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई पक्राउ गरेको हो ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका खामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि २०६५ वैशाख १५ मा व्‍यापारी श्रेष्ठको हत्या गरेको आरोप छ ।

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार