
भदौं २२, सुर्खेत
नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ चयन भएका छन् । १० बुँदे सहमति कार्यान्वयन गर्दै बाँकेमा अधिवेशनबाट निर्वाचित उपाध्यक्ष गुरुङलाईअध्यक्षमा चयन गरिएको हो । यसैगरी उपाध्यक्षमा किस्मत कुमार कक्षपतिलाई चयन गरिएको छ ।
गत अधिवेशनबाट निर्वाचित सचिव रत्न खत्री र उपसचिवमा निर्वाचित उपसचिव प्रमोद धिताललाई यथावत राखिएको छ । नेकपा विभाजन भएपछि एमालेको संस्थापन पक्षले अध्यक्षमा सुर्य ढकाल नेतृत्वमा नयाँ कमिटी बनाएको थियो ।
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि उपाध्यक्ष गुरुङलाई एकताको भाव अनुसार अध्यक्षमा चयन गरिएको छ । अध्यक्षमा चयन भएका गुरुङ सुर्खेतमा लामोसमय वसेर वाँके गएका हुन भने सचिव खत्रीको मूल घर सुर्खेतको सिम्ता गाउँपालिकामा पर्दछ ।
प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार