राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा निधन

खबरदृष्टि सम्वाददाता ३ बैशाख २०८१, सोमबार १०:५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ। बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

गत चैत २७ गते राप्रपाले काठमाडौँमा गरेको आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको छाउनी अस्पतालमा उपचार भइरहेको थियो। उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको तथा आज बिहान निधन भएको श्रेष्ठले बताए।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि अहिले १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि उनले बताए।

Next Post

कर्णालीमा चैते दसैंमा बिदा नदिइने

३ बैशाख २०८१, सोमबार १०:५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ । यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो । हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031