सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा रात्री बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट गाउँपालिका लिस्सातर्फ जाँदै गरेकाे ना ४ ख ९३१७ नम्वरको यात्रुबहाक बस मंगलबार बिहान ३ बजेको समयमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएकाे इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतका प्रहरी निरीक्षक भिम बहादुर खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार घाइते ४ जनाको अवस्था जटिल र ८ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको अहिले सिम्ता गाउँपालिका–६ जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ । बसमा १९ जना यात्रु सवार रहेको र बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ बस्ने वर्ष २४ का प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको निरीक्षक खड्काले बताए ।
घाइतेहरुको विवरण
१) जिल्ला जाजरकोट बारेकोट गा.पा. १ बस्ने बर्ष ६५ कि कलि नेपाली दुबै हात र टाउकोमा चोट अबस्था मध्यम ।
२) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने बर्ष ४८ को बिजय गोसाई दाहिने हातमा चोट सामान्य ।
३) ऐ.ऐ. बस्ने बर्ष ४८ कि खुमा कु. गोसाई दाहिने खुट्टामा,ढाडमा चोट मध्यम ।
४) जिल्ला जाजरकोट भेरी.न.पा. १ बस्ने बर्ष १५ कि गृष्मा राना टाउकोमा, वाँया खुट्टामा,पेटमा चोट अबस्था मध्यम
५) जिल्ला दैलेख चामुण्डामा ग.पा. २ बस्ने बर्ष २३ गणेश थापा दाहिने हातमा चोट सामान्य ।
६) जिल्ला जाजरकोट छेडागाड न.पा. १३ बस्ने बर्ष १७ कि लक्ष्मि सिंह ढाडमा, टाउकोमा चोट अबस्था मध्यम
७) ऐ.ऐ. बर्ने बर्ष २० को गोबिन्द सिंह अण्डकोषमा चोट अबस्था मध्यम ।
८) जिल्ला बाँके कोहलपुर न.पा. २ बस्ने बर्ष ४२ को लाल ब. सिंह वाया हातमा चोट सामान्य ।
९) जिल्ला जाजरकोट नलगाड न.पा. ५ बस्ने बर्ष ५२ को भिम ब. सिंह वाँया खुट्टमा चोट अबस्था सामान्य ।
१०) जिल्ला डोल्पा त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने बर्ष २१ कि रनिता परियार टाउकोमा,ढाड,खुट्टामा चोट अबस्था मध्यम ।
११ ) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने बर्ष ३० कि केतना नेपाली पेटमा चोट अबस्था सामान्य ।