२०८३ जेठ २० , बुधबार

गृहमन्त्री रवि लामिछानेको प्रश्न– हात बाँधेर छिर्न नदिने, अनि किन डराएको भन्ने ?



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आरोपका विषयमा पहिला प्रतिनिधिसभामा बोल्न पाउनुपर्ने आफ्नो अडान कायमै रहेको बताएका छन् । सत्तारुढ दलको बैठकबाट बाहिरिने क्रममा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“मैले एकपटक बोल्न पाउनुपर्छ भनेको छु,” उनले भने, “मैले चुनौती पनि दिएको छु । मलाई जवाफ जहाँ दिए पनि हुन्छ । मैले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्छ । सार्वभौम संसद्मा बोल्ने अधिकार मेरो पनि हो । त्यसपछि के गर्ने हो कुरा गरौँला । हात बाँधेर छिर्न नदिने, अनि किन डराएको भन्ने ?

एकपल्ट कुरा सुन्न किन डराएको ? लोकतान्त्रिक अभ्यास भएको दलले कुरा सुन्दा पनि सुन्दिन भन्ने, फौजदारी आरोप लगाउने र किन डराएको भन्ने ? पहिला मेरो कुरा सुन्न तयार हुनुपर्छ । बोल्न पनि नदिएर, वेल पनि घेरेर समिति बनाउनुपर्छ पहिला भन्नु न्यायसंगत हो र रु आफ्ना कुरा स्पष्ट पारौँ । त्यसपछि मात्रै समितिका विषयमा छलफल गरौँला ।”

उनले आफूलाई रोष्ट्रममा जान नदिइएको उल्लेख गर्दै प्रश्न गरे–सभामुखले बोलाउँदा पनि जान नदिने,  मागमाथि माग राखेर हुँदैन । पहिला प्रधानमन्त्रीको जवाफ मागियो, त्यसपछि गृहमन्त्रीको भनियो । एउटा मान्छेमाथि जवाफ मागेपछि संसदको लोकतान्त्रिक रक्षाको गर्नुपर्दैन कांग्रेसले ? ”

प्रकाशित मिति : २०८१ वैशाख ३१ गते सोमबार