
सुर्खेत १० असोज
नेकपा (एमाले) वीरेन्द्रनगर वडा नं १४ को गढीमा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ। पार्टी विभाजन पछि गाउँ पसेको एमालेले संगठन विस्तार र पार्टी पुनर्गठन अभियानलाई तिव्रता दिएको छ।
गत स्थानीय तहको निर्वाचनमा निकै कम मतान्तरमा वडा निर्वाचन हारेको एमालेले वडामा पार्टी विभाजनको असर पर्न नदिन र संगठन सुदृढीकरण गर्न गाउँ तहसम्म अभियान संचालन गरिरहेको कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला कमिटी सुर्खेतका उपाध्यक्ष अमृत विसीले वताए।
शनिबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको वीरेन्द्रनगर वडा नं १४ को भेलासमेत आयोजना गरेको थियो। भेलाले वडा स्तरीय एक कमिटीसमेत गठन गरेको छ। भेलाले गंगबहादुर बुढाको अध्यक्षतामा ३५ सदस्यीय संघको वडा नं १४ कमिटी गठन गरेको छ।
वडा कार्यालय स्थापना र युवा संघको भेलामा विशेष अतिथिको रुपमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् वीरेन्द्रनगर वडा नं १४ का संयोजक बालकृष्ण सुनार,जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सिनाले पार्टी विभाजन पछिका असरहरु र आउदै गरेको स्थानीय तहको निर्वाचनको पूर्व तयारीको वारेमा प्रशिक्षण दिएका थिए।
उक्त कार्यक्रममा गढि गाउँ पालिकाका पूर्व अध्यक्ष हरि हमाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य किरण सापकोटा, संघका सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष कमल खडका (जुनी), बासु आचार्य,सुदिप खड्का ,चेतन आचार्य,रमेश थापा,मनोज रखाल,सुमन गुरुङ, गंगा बुढा, डिल वहादुर तारामी लगायतको उपस्थिति रहेको थियो ।